इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खमा अवस्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्थाले सोमबार सुत्केरी र नवजात शिशुलाई लक्षित गरी न्यानो कपडा हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमकाबीच मार्खु स्वास्थ्य चौकीलाई ३० थान नवजात शिशुलाई हुने ब्ल्याङ्केट र दुई थान आमालाई प्रयोग गर्न मिल्ने ठुलो ब्ल्याङ्केट हस्तान्तरण गरिएको संस्थाका व्यवस्थापक सुनिता कार्कीले बताईन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले चिसो मौसममा आमा र बच्चालाई न्यायो रहोस् भनी स्वास्थ्य चौकीलाई ब्ल्याङ्केट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष बिमला श्रेष्ठले बताइन् । उक्त सामाग्री मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास रानालाई अध्यक्ष श्रेष्ठले हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य चौकीलाई न्यानो ब्ल्याङ्केट सहयोग गरिएकोमा प्रमुख रानाले धन्यवाद व्यक्त गरेका थिए ।