April 19, 2024
अशोज १६, २०७८

हेटौंडा \   हेटौंडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई ४१ करोड ५७ लाख ८६ हजार ऋण लगानी गरेको छ । सहकारीको १५ औं साधारण सभामा आव २०७७/०७८को कारोबारको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारीमा ४ करोड ९५ लाख ६१ हजार शेयर पुजीँ रहेको र एक वर्षमा ४९ करोड १८ लाख ८ हजार ४४९ रुपैयाँको कारोबार गरेको छ । सहकारीमा बचत निक्षेप भने ३६ करोड ५४ लाख ४५ हजार ८२५ रहेको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा भएको सभामा सहकारीले विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको थियो ।

No description available.

सम्मानित हुनेमा जेष्ठ शेयर सदस्यतर्फ रामप्रसाद दाहाल र शुभमाया विश्वकर्मा रहेका छन् । त्यस्तै, उत्कृष्ट बचत कर्तातर्फ समिता ढुङ्गाना, विष्णुप्रसाद दाहाल, असल ऋणीतर्फ तारादेवी विष्ट, राजेन्द्रकुमार घिमिरे, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने निश्चल तिमल्सिना र वर्षा बजगाईलाई नगद सहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।

No description available.

सभामा शेयर सदस्य वृद्धि गराउन सहयोग गर्ने शान्ता खत्री र उत्कृष्ट कर्मचारी भनी संस्थाका कार्यालय सहायक पुष्प दाहाललाई सम्मान गरिएको थियो । सोही अवसरमा सहकारीले निर्वतमान अध्यक्ष नुरप्रसाद गौतम र संचालक सदस्य चन्द्रकुमार राईलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कोरोना कहरकाबीच पनि आफ्ना वार्षिक कार्यक्रमहरु र अन्य सेवा प्रदान गर्दै आइरहेको सहकारीले सहकारी अध्ययन अवलोकन भ्रमण, स्वास्थ्य शिविर कार्यक्रम, बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम र क्षेत्रीय स्तरमा सहकारी शिक्षा तथा सचेतना कार्यक्रम गर्न नसकिएको संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले बताए ।

No description available.

संस्थाका अध्यक्ष हरिप्रसाद पौडेललेको सभाध्यक्षतामा भएको सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कल्पना श्रेष्ठ, निर्वमान अध्यक्ष नुरप्रसाद गौतम, पूर्व लेखा संयोजक महेन्द्र राउत, लेखा संयोजक राजकुमार गोतामे, साइराम साकोसका सचिव राजकुमार थापा लगायत संस्थाका पदाधिकारी र सञचारकर्मीहरुको उपस्थिती रहेको थियो । सहकारीले १० गतेबाट सुरु गरेको साधारण सभा शनिबार समापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *