हेटौंडा \ हेटौंडा ९ पशुपतिनगरमा अवस्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं वार्षिकोत्सव आइतबार मनाएको छ । संस्थाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षता तथा हेटौंडा ९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।
सहकारीले वार्षिकोत्सवको अवसर पारेर विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरेको छ । संस्थाले सञ्चारक्षेत्रतर्फ पत्रकार सुजन ढकाल, त्रिभूवन विश्वविद्यालयमा विविएको सातौं सेमेष्टरमा नेपाल प्रथम भएकी सृष्टि महर्जनलाई सम्मान गरेको थियो । त्यस्तै, असल बचततर्फ धनबहादुर चापागाई, असल मासिक बचततर्फ मञ्जुकुमारी सुवेदी, असल ऋणीतर्फ अम्बिका अधिकारी, उत्कृष्ट बचत समूहतर्फ मेलमिलाप बचतकोषलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी संस्थाले जेष्ठ नागरिक भत्ता प्रतिमहिना पाँच सयका दरले वार्षिक ६ हजार सीताराम पराजुली, नारायणमान सिं डंगोल, अमर सिं विसेन, पुष्पराज दाहाल, श्रीप्रसाद सुवेदी, रामकृष्ण अर्याल, राजकुमारी सुवेदी र शारदा कार्कीलाई प्रदान गरिएको थियो । त्यस्तै, एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने स्मृती सुवेदी, सफल अधिकारी र सक्षम बोलखेलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
सहकारीले निर्माण सामाग्री प्रयोग गर्ने शेयर सदस्यलाई आकर्षक पुरस्कार प्रदान गरेको छ । पुरस्कृत प्राप्त गर्नेहरुमा राजकुमार मानन्धर, धनिकलाल मण्डल, शालिकराम न्यौपाने, ललिता कुमारी अधिकारी, शान्ता कुमार मानन्धर, बिना मानन्धर, राधादेवी भट्टराई, श्याममणि पौडेल, शालिकराम सुवेदी, रेखा अधिकारी, यशोदा कुमारी पौडेल रहेका छन् । सोही कार्यक्रममा निर्माण सामाग्री बिक्रीमा विशेष भूमिका खेल्ने सुरेश बेरोजगारलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विन्दुदेवी थापा क्षेत्री स्मृती कोषको तर्फबाट ऋषिप्रसाद सापकोटालाई औषधोउपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको थियो । संस्थाका सञ्चालक सदस्य इन्दिरा कुमारी काफ्लेले बैठक भत्ता बापत आएको रकममा केही रकम थप गरी तीनजना छात्राहरुलाई चार हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । ध्रुव स्मृती कोषबाट प्रगति उच्चमाविका छात्रा शर्मिला पहाडी र कक्षा केजीका अध्ययनरत साहिसा गुरुङलाई छात्रवृति प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख रामेश्वर अर्याल, संस्थाका सल्लाहकारहरु कुमार पौडेल, निरन्जन ढकाल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव प्रतिमा श्रेष्ठ, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, शिवम् सिमेण्टका विक्रम खतिवडा, प्रगति उच्चमाविका अध्यक्ष प्रदीप पराजुली लगायतको आतिथ्यता रहेको थियो ।