December 12, 2024
पुस १४, २०८०

 हेटौंडा \ हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ठुला शेयरपुजी सदस्यहरूसङ्ग संस्थाको अवस्था र कार्ययोजनाको वारेमा अन्तरक्रिया गरेको छ ।

संस्थाको शिक्षा उपसमितिको आयोजनामा “शेयर सदस्यज्यूहरू सँग अन्तरक्रिया तथा विस्तारित मञ्च” कार्यक्रम अन्तर्गत पहिलो चरणमा एकलाख रुपैयाँभन्दा बढी शेयरपुजी भएका आफ्ना शेयर सदस्यहरुसङ्ग सहकारीको क्षेत्रमा देखिएका चुनौती, देशको आर्थिक समस्याले सहकारीको क्षेत्रमा पारेको असर, सहकारीको अवस्था र सहकारीले लिएको कार्ययोजनाको वारेमा शेयर सदस्यहरुसङ्ग अन्तरक्रिया गरिएको उपसमितिका संयोजक रामचन्द्र अधिकारीले बताउनुभयो ।

संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सहकारीको मेरुदण्ड नै शेयर सदस्य भएकोले संस्थासङ्ग शेयर सदस्यलाई भावनात्मक रुपमा नजिक गराउन सहकारीले अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठले संस्थाकाे पृष्ठभुमि र ईतिहासकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे । साथै अन्य शेयर सदस्यहरुसङ्ग पनि विभिन्न चरणमा यस्ता कार्यक्रमको आयोजना गरिदै लैजाने उहाँले बताउनुभयो । कार्यक्रममा ५० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।