हेटौँडा \ हेटौँडा ७ नागस्वतीमा अवस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं वार्षिकोत्सवमा रजत महोत्सव मनाउँदै शुक्रबार विविध कार्यक्रम गरी विभिन्न विधामा विजयी भएकालाई पुरस्कार प्रदान गर्दै समापन भएको छ । संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो । सहकारीले पुस ६ गते देखी सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरेको थियो ।
आज शुक्रबार भोली भने स्लो बाईक/स्कुटर रेस, पाँच सय मिटर महिला/पुरुष दौड, फुटबलको फाइनल प्रतियोगिता गरेको छ । फाइनल प्रवेश गरेका संस्थाको मुख्यकार्यालय र हेटौंडा सदस्य सेवा कार्यालयबीच भएको थियो । खेलमा मुख्यकार्यालय विजेता बनेको छ । हेटौंडा सदस्य सेवा कार्यालयलाई ३-१ गोल अन्तरले मुख्यकार्यालय विजेता बनेको हो । विजयी हुँदै २१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेताले भने ११ हजार नगद सहित मेडल प्रमाणपत्र र ट्रफि प्राप्त गरेका छन् । खेलमा सहभागि जनाएको २ सेवा केन्द्रलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, स्लो बाईकतर्फ प्रथम नवराज त्रिपाटी, द्धितीय उमेश केसी र तृतीय राजकुमार लो भएका छन् । त्यस्तै, महिलातर्फ रचना गौतम प्रथम, पार्वती पौडेल, द्धितीय र टिका चिमोरिया तृतीय भएकी छिन् । उनीहरुले जनही क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार प्राप्त गरेका छन् ।
यसैगरी आजै भएको पाँच सय मिटर दौडमा पुरुषतर्फ प्रविण खड्का प्रथम, मनीष कार्की द्धितीय, अशोक चौलागाई तृतीय र नवराज दहाल सान्त्वना भएका छन् । महिला तर्फ भने नाग्मा चौधरी प्रथम, प्रगति गौतम द्धितीय, अनुष्का ढकाल तृतीय र राधिका वाइवा सान्त्वता भएकी छिन् । उनीहरुले क्रमशः दुई हजार, पन्ध्र सय, एक हजार र पाँच सय नगद प्राप्त गरेका छन् ।
संस्थाले विहीबार भने म्युजिकल चियर प्रतियोगिता, घ्याम्पो फुटाई आयोजना गरेको थियो । उक्त प्रतियोगितामा म्युजिकल चियरमा प्रथम सीता खनाल, द्धितीय कमला चौलागाई र तृतीय बिना गौतम भएकी थिइन् । उनीहरुलाई पनि क्रमशः दुई हजार, पन्ध्र सय, एक हजार नगदले पुरस्कृत गरिएको छ । घ्याम्पो फुटाई प्रतियोगितामा अृमत बहादुर खत्री विजयी बनेका थिए । उनलाई नगद २ हजार सहित पुरस्कृत गरिएको युवा तथा खेलकुद उपसमितिका संयोजक एंव संस्थाका सचिव युवराज गौतमले बताए । सहकारीले जेष्ठ नागरिक सम्मान, बाल कार्यक्रम तथा वनभोज कार्यक्रम, बृहत रक्तदान कार्यक्रम पनि गरेको थियो ।
युवा तथा खेलकुद उपसमितिका संयोजक एंव संस्थाका सचिव युवराज गौतमको संयोजन तथा संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको सभाध्यक्षता र हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, वडा सदस्य श्यामसुन्दर परियार, दिनेश थापा मगर, राधिका विक, नवज्योति माविका प्रअ ज्ञानेन्द्र दाहाललगायतको आतिथ्यता रहेको थियो । संस्थाको २५ औँ स्थापना दिवसको अवसरमा रजत जयन्ती मनाउँदै आगामी पुस २१ गते शनिबार वार्षिक साधारण सभा गरिने जनाइएको छ ।

