हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु अधिकारी चयन भएका छन् । युवा व्यवसायी तथा उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष समेत रहेका अधिकारी शनिबार हेटौंडामा भएको संस्थाको २४ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।
समिति उपाध्यक्षमा बालकृष्ण न्यौपाने, सचिव रविन ढकाल, कोषाध्यक्ष राजेन्द्रप्रसाद पुडासैनी, सहसचिव शंकरप्रसाद रोक्का चयन भएका हुन् । समिति सदस्यहरुमा गोविन्द सापकोटा, जयराम अर्याल, प्रदीप अधिकारी, कृष्णप्रसाद घिमिरे, गीता कोइराला र प्रभाकर पुडासैनी चयन भएका छन् ।
अधिवेशनले लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा पूर्णप्रसाद पुडासैनी चयन भएका छन् । समिति सदस्यहरुमा धर्मराज ढकाल र कुवेर पोखरेल चयन भएका छन् । निर्वाचित सबै पदहरुमा सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षतामा सभा तथा अधिवेसन भएको थियो ।साधारणसभाको उद्घाटन समारोहमा विभिन्न विधाका उत्कृष्टहरुलाई सम्मानित गरिएको थियो ।