हेटौडा \ हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २१ औं वार्षिक साधारणसभा सोमवार हेटौडा–१९ मा रहेको तपोवनमा सम्पन्न भएको छ । सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष रामहरि चौलागाईले आव. ०८०/०८१ को लागि ३ करोड ६ लाखको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, संस्थाका उपाध्यक्ष साधुराम चौलागाई, सचिव नारायण प्रसाद अधिकारी, सदस्य धु्रर्व प्रसाद चौलागाई, त्रिभुवनपति भाष्कर थापा, गम्भिर न्यौपाने, सञ्चाकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कक्षा १० सम्म पढाई हुने यस विद्याालमा करीव ७ सय विद्यार्थीहरु अध्ययनरत रहेको प्रिन्सिपल अरुण पराजुलीले बताए ।