मनहरी \ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको साना किसान कृषि सहकारी संस्था हाडिखोलाको बुधबार १४ औँ वार्षिक सभा भएको छ । संस्थाका अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षता तथा प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभाले गीता प्रजाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा शान्ता तितुङ, सदस्यहरुमा इन्दिरा कार्की, सुनमाया स्याङ्तान, पार्वती घलान, देवकी ढुङ्गाना, सीता ढकाल, तिउरीमाया थोकर, राधिका ठकुरी, लक्ष्मी लामा, संगीता बर्तौला चयन भएका छन् ।
सभाको अवसरमा संस्थाले उत्कृष्ठ किसानलाई विभिन्न विधामा नगद सहित पुरस्कृत गरेको छ । बाख्रा पालनतर्फ हरीमाया रुम्बा, व्यवसायीतर्फ डोलमाया स्याङ्तान, दुध उत्पादकतर्फ सरिता ठकुरी, तरकारीखेतीतर्फ शोभा तितुङ, उद्यमी किसानतर्फ कान्छीमाया मुक्तानलाई जनही पाँच/पाँच हजार प्रदान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट समूह बचतकर्ता समूह नम्बर ६६, बचतकर्ता देवलमाया मुक्तान र गोदादेवी न्यौपानेलाई पुरस्कृत गरिएको थियो । सहकारीले जेष्ठ सदस्यतर्फ भने सेतीमाया रुम्बा, माइली दर्जी, सानुमाया मोक्तान, दीलमैया गोङ्बा, विन्दामैया अधिकारी, शान्तिमाया मुक्तान, मंगली रुम्बा, श्रीमाया स्याङ्तान र फुलमती न्यौपानेलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, पुर्व अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष सीता पुलामीमगर, मनहरी वडा नम्बर १ वडाध्यक्ष शिव प्रसाद खनाल, ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्याल, ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारी, जिल्ला सहकारी संघका लालबहादुर थापा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार बासुदेव अधिकारी, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, संस्थाका संस्थापक अध्यक्ष निर्मला उप्रेती, नारीमुक्ती साकोसका अध्यक्ष देवकी ढुङना, जिल्लामा रहेका विभिन्न साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
सहकारीले आव २०७९/८० मा ४१ करोड ६८ लाख ७ हजार ३६८ रुपैयाँको कारोबार गरेको छ । सहकारीमा ११ करोड १८ लाख ६० हजार ८९२ बचत निक्षेप रहेको छ भने सदस्यलाई लगानी ३६ करोड १४ लाख ६७ हजार ७८८ रुपैयाँ रहेको संस्थाका प्रवन्धक सुरेन्द्र कुमार तितुङले बताए ।