April 20, 2024
अशोज १६, २०७८

हेटौंडा १५ रातोमाटेमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा स्वास्थ्य शिविर गरेको छ । महिला शेयर सदस्य लक्षित २ दिने पाठेघरको मुखको तथा परिवार नियोजन सम्बन्धी शिविर सञ्चालन गरिएको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताइन् ।

सेवा केन्द्र हेटौंडा १४ मयुरधापमा शुक्रबार र संस्थाको कार्यालय रातोमाटेमा शनिबार सेवा प्रदान गरिएको थियो । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको व्यवस्थापक रुम्बाले बताइन् ।

संस्थाका अध्यक्ष जानुका दुवाडीको अध्यक्षतामा शिविर सञ्चालन गरिएको थियो । दुई दिने शिविरमा १०१ जना महिलाले सेवालाभ गरेको सहकारीले जनाएको छ । सहकारीले वार्षिक कार्यक्रम अन्तरगत आफ्ना शेयर सदस्यलाई स्वास्थ्य शिविर मार्फत पाठेघर र परिवार नियोजन सम्बन्धी सेवा दिइएको संस्थाका अध्यक्ष दुवाडीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *