हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १८ औं वार्षिक साधारण सभामा हेटौंडा ११ मा रहेको बागेश्वरी महिला साकोस र हेटौंडा २ मा रहेको हातेमालो साकोस सर्वोत्कृष्ट साकोस भई पुरस्कृत भएको छ । संघको शनिबार भएको सभामा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुरस्कृत हुने संस्थाहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
संघले सहकारी अभियानकर्मीतर्फ मेनुका दहाल र नवराज अर्याललाई सम्मान गरिएको थियो भने उत्कृष्ट सहकारी कर्मचारीतर्फ हेटौंडा १३ को महिला मिलन साकोसका प्रमुख व्यवस्थापक फुलमाया मोक्तान र ईन्द्रसरोवरको श्रीमितेरी साकोसका व्यवस्थापक सरोज थापा मगर पुरस्कृत भएका थिए ।
त्यस्तै, संघले उत्कृष्ट दैनिक कारोबार गर्ने राक्सिराङ सरिखेतको महिला मुक्ति साकोस, साकोस एकीकरण सम्मानतर्फ अशोकवाटिका साकोस, चिसापानी साकारी र सहकर्मी साकोस एकीकरण भई आधुनिक साकोस हेटौंडा १६लाई सम्मान गरिएको थियो ।
समग्रतर्फ सर्वाधिक बचत गर्ने महिला सेवा साकोस हेटौंडा १२, ऋण परिचालन गर्ने कुञ्छाल साकोस थाहानगर ३, शेयर खरिद गर्ने जनचेतना साकोस हेटौंडा १५लाई पुरस्कृत गरिएको थियो । त्यस्तै, गाउँपालिकातर्फ सर्वाधिक बचत गर्ने महिला जाग्रती साकोस भीमफेदी, ऋण परिचालन गर्ने हिमशिखर साकोस थाहानगर ८ र शेयर खरिद गर्ने सक्रिय महिला साकोस फाखेललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, संघले महिला साकोसतर्फ सर्वाधिक बचत गर्ने महिला अभियान साकोस भीमफेदी ४, ऋण परिचालन गर्ने पासाङल्हामु महिला साकोस बकैया ४ र शेयर खरिद गर्ने शुभकामना महिला साकोस हेटौंडा १७ लाई पुरस्कृत गरिएको थियो । संघले भवन निर्माण बचत अधिक जम्मा गर्ने भनी हेटौंडा १३ मा रहेको महिला मिलन साकोसलाई सम्मान समेत गरेको थियो ।