December 12, 2024
मंसिर २४, २०८०

हेटौंडा \  जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ निर्वाचित भएकी छिन् । शनिबार भएको संघको १८ औँ वार्षिक साधारण सभा तथा सातौं निर्वाचन कार्यक्रममा श्रेष्ठले ७९ मत प्राप्त गरी विजयी भएकी हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा मीना चौरेल विजयी भएकी छिन् । उनले ८२ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गरिन् ।

त्यस्तै, सचिव पदमा वीरेन्द्रप्रसाद ढुङ्गानाले ७५ प्राप्त गरी विजयी भएका थिए भने ढुङ्गानाका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गरे । सहसचिव पदमा विजयबहादुर बस्नेत विजयी भएका छन् । उनले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा निर्वाचित भएकी छिन् । उनले ८० मत प्राप्त गर्दा ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गरे । उत्तर पूर्वी क्षेत्र सदस्य पदमा शर्मिला महत र पूर्वी क्षेत्र सदस्यमा सीताराम दहाल सर्वसम्मत चयन भए थिए ।

उत्तरी क्षेत्र सदस्यमा फणिन्द्रनाथ सुवेदी विजयी भए । उनले ७४ मत प्राप्त गर्दा सहदेव ढकालले ३८ मत प्राप्त गरेका थिए । पश्चिमी क्षेत्र सदस्य पदमा शंकर प्रसाद कालाखेतीले ७६ मत प्राप्त गरी विजयी भए भने राममाया नगरकोटीले ३० मत प्राप्त गरिन् । यसैगरी खुल्ला सदस्यमा ४ पदका लागी १० जनाको उम्मेदवारी परेको थियो । जसमा हिमाल पौडेल ७७ मत, यशोदा पराजुली ६१ मत, जुना दंगाल ६९ मत जानकी चौधरी ६३ मत प्राप्त गरी विजयी भए । रामकेदार बस्नेत १५ मत, योगनाथ दंगाल १३ मत, जानुका दवाडी ३४ मत, रामहरी तिमल्सिना ४५ मत, हरिमाया ढकाल अधिकारी ३० मत र मिनु अग्रवालले ३३ मत प्राप्त गरेका थिए ।

संघको लेखा समिति संयोजकमा मिठाराम दहालले ६७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी श्रमिक लामाले ४३ मत प्राप्त गरेकी थिइन् । यसैगरी लेखासमिति सदस्य दुई पदका लागि ४ जनाको उम्मेदवारी रहेको थियो । जसमा सचिता भट्टराई ७३, कृष्ण विडारी ५१ मत प्राप्त गरी विजयी भए भने श्रीराम दहाल ४९ र सुशान्त तिमल्सिना ३५ मत प्राप्त गरेका थिए ।

कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको सभा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभाले प्रस्ताव गरिएको प्रतिवेदन तथा प्रस्तावहरु सर्वसम्मत पास गरेको थियो ।