हेटौंडा \ मकवानपुरगढी गाउँपालिका ३ स्थित श्रमिक साना किसान कृषि सहकारी संस्था र हेटौंडामा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था जिल्लाको उत्कृष्ट सहकारी भई पुरस्कृत भएको छ ।
सोमबार हेटौंडामा जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा यी दुई सहकारी संस्था उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो । गत आर्थिक वर्षमा सहकारी मार्फत उत्कृष्ट कार्य सम्पादन गरिएको भनी दुई सहकारीलाई समीक्षा कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले पुरस्कृत भएका सहकारीलाई सम्मानपत्र प्रदान गरेका थिए । सहकारी मार्फत सदस्यलाई आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याएको भनी पुरस्कृत गरिएको जिसस मकवानपुरले जनाएको छ । जिसस प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको थियो ।
सोही कार्यक्रममा वन, विद्यालय, खेलकुद, कर्मचारी, सामाजिक संस्था तथा व्यक्तित्वहरुलाई समेत पुरस्कृत गरिएको थियो ।