January 22, 2025
मंसिर १७, २०८०

हेटौंडा \ हेटौंडा १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले एक दिने सहकारी सम्बन्धी अन्तरक्रिया आयोजना गरेको छ । आइतबार संस्थाको विभिन्न समूह नेतृत्व गर्नेबीच अन्तरक्रिया गरेको हो ।

सहकारीको समूह परिचालन गर्ने समूहका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष एंव शिक्षा समिति संयोजक रुक्मिनी गोङ्बाको संयोजकत्वमा भएको अन्तरक्रियालाई संस्थाका अध्यक्ष अचला शर्माले सहजीकरण गरेकी थिईन् ।

सहकारी क्षेत्रको पछिल्लो स्थिती र सहकारीले गर्ने आगामी कार्यक्रम, योजना र नीति नियमका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा ५६ जनाको सहभागिता रहेको थियो ।