January 13, 2025
मंसिर १६, २०८०

हेटौंडा  \ हेटौंडा ८ कमानेमा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ८ करोड ६२ लाख ५८ हजार ८२२ को आर्थिक कारोबार गरेको छ । संस्थाले शनिबार भएको २४ औँ वार्षिक साधारण सभा गर्दै उक्त कारोबारको बासलात प्रस्तुत गरिएको हो ।

सहकारीले सदस्यलाई ६ करोड ८७ लाख ४ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप तीन करोड ९९ हजार ४८ हजार ८०८ रहेको संस्थाका व्यवस्थापक केशव कुमार शाहीले बताए । ९८ लाख ७१ हजार एक सय शेयरपुजीँ रहेको सहकारीमा २२ लाख ४५ हजार ६६२ रुपैयाँ जगेडा कोषमा रहेको व्यवस्थापक शाहीले बताए ।

संस्थाका अध्यक्ष मोतीलाल लामाको सभाध्यक्ष तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा विभिन्न विधामा सदस्यहरु सम्मान गरिएको थियो । सभामा विशेष सम्मानतर्फ रामेश्वर अर्याल, ध्रुवराज पुडासैनी, गोरखनाथ राय गोतामे मोक्तान र धनबहादुर डिम्डुङलाई सम्मान गरिएको थियो ।

No description available.

त्यस्तै, जेष्ठ शेयर सदस्यतर्फ राग बहादुर गुरुङ र नारायण मान सिं डंगोल, आवधिक बचततर्फ देव बहादुर सुवेदी, मासिक बचततर्फ इन्द्र सिं थिङ्ग, धिर्ता कर्जातर्फ सजिना डिम्डुङ, अनुपा घलान, बिना धितो कर्जातर्फ धनलक्ष्मी थापा, मैया गुरुङ गोम्बा, बालबचततर्फ विहान कार्की र रिदम स्याङ्तान, खेलकुदतर्फ सौगात डिम्डुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, वडा सदस्य मञ्जु भूर्तेल,जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बहुउद्देश्यीय सहकारी संधका सदस्य शर्मिला डंगोल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, सर्वोत्तम संचिती साकोसका सचिव रामनाथ बगाले लगायतको आतिथ्यता रहेको थियो ।