हेटौंडा \ हेटौंडा ४ अजरअमररोडमा रहेको श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाको प्रमुख आतिथ्यतामा सभा भएको हो ।
सभाका अवसरमा विभिन्न विधामा सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । जेष्ठ सदस्यतर्फ ज्ञान प्रसाद घिमिरे र राममाया भ्लोन, नियमित मासिक बचततर्फ उत्तर बहादुर श्रेष्ठ, अधिकतम बचत गर्ने सदस्य विजया कुमारी दुलाल, ऋणमा अधिकतम व्याज तिर्ने सदस्य राजु गौतम, नियमित ऋणको किस्ता भुक्तानी गर्ने सदस्य तेज बहादुर स्याङ्बोलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईइमा उत्कृष्ट अंक ल्याउने नीजि विद्यालयतर्फ सुजल महर्जन र रचना उप्रेतीm सामूदायिक विद्यालय तर्फ दिव्या रेग्मीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्र प्रसाद पौडेल, संस्थाका सल्लाहकार बद्रीनाथ शर्मा, मीन बहादुर प्रधान, पवि शर्मा, धर्मराज बस्नेत, कानुनी सल्लाहकार केशव प्रसाद गौतम, लेखा समिति संयोजक हरि कुमार शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीमा तीन करोड ४१ लाख ५० हजार ६ सय शेयरपुजीँ रहेको छ । संस्थाले सदस्य आर्थिक वर्ष २०७९÷८० मा १६ करोड ८१ लाख ४८ हजार, ३६४ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक सुशीलचन्द्र शर्माले बताए । उहाँका अनुसार संस्थामा १४ करोड ३१ लाख ५५ हजार ४५० बचत निक्षेप रहेको बताउँदै जगेडा कोषमा २ करोड ४ लाख ५५ हजार ७२८ रकम रहेको बताए ।