February 19, 2025
मंसिर १३, २०८०

हेटौँडा \ हेटौँडामा बुधबार एक दिने सहकारीको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भएको छ । हेटौँडा १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको आयोजना ६ औँ कार्यकुशलता कार्यशाला भएको हो ।

संस्थाका अध्यक्ष अचला शर्माको अध्यक्षता तथा वडा नम्बर १२ का कार्यबहाक अध्यक्ष ज्ञान बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक, सह व्यवस्थापक तथा सम्बन्धित तोकिएको संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको कार्यशालामा महिला सेवा हेटौँडा, महिला कल्याण साकोस मकवानपुरगढी, बागेश्वरी महिला साकोस हेटौँडा, महिला जनशक्ति साकोस हेटौँडा, महामती साकोस हेटौँडा, प्यासिफिक साकोस थाहानगर, चौघडा साकोस हेटौँडा, हातेमालो साकोस हेटौँडा, नवयूवा साकोस हेटौँडाले आफ्नो संस्थाको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, महिला सेवा उपाध्यक्ष एंव कार्यपालिका सदस्य रुक्मिनी गोङ्वा, नेफ्स्कुनका कार्यक्रम अधिकृत यमकला सुवेदी, मकवानपुर फिल्डका ईन्चार्ज ज्योति महत, संस्थाका सल्लाहकार यशोदा पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यशालामा संस्थाको आर्थिक कारोबारलाई गुणस्तर बनाउन ३/३ महिनामा पल्र्स र हिमालको सुशांकमा रहेर प्रतिवेदन माथी छलफल गरिने छ । छलफल पश्चात साझा निर्णय गरेर तीन महिनामा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत गरिएको छ । सातौं कार्य कुशलता कार्यक्रम थाहानगरको बज्रबाराहीमा रहेको प्यासिफिक साकोसमा हुने जनाइएको छ ।