हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा अवस्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः राम बहादुर बस्नेत चयन हुनुभएको छ । संस्थाले १८ पदका लागि उम्मेदवार दर्ता आह्वान अन्तरगत बस्नेतको नेतृत्वमा निर्विरोध नयाँ समिति चयन गरिएको छ ।
शनिबार भएको १७ औँ वार्षिक सभामा नवनिर्वाचित समितिलाई प्रमाणपत्र प्रदानका साथै सपथ गराइएको थियो । संस्थाको उपाध्यक्षमा हरिमाया ढकाल अधिकारी, सचिवमा रामनाथ बगाले, सहसचिवमा चेतनाथ आचार्य, कोषाध्यक्षमा रामभक्त अधिकारी चयन भएका छन् ।
संस्थाको सदस्यहरुमा भने सीता कार्की, प्रवेश पोखरेल, विष्णुप्रसाद ढुङ्गाना,राजेश बहादुर कार्की, टीकादेवी तिवारी, ऋतु विष्ट, धनकुमारी राजथला, सुनिता न्यौपाने, कृष्ण प्रसाद पौडेल चयन भएका छन् ।
सहकारीको लेखा समिति संयोजकमा रेवती रमण न्यौपाने र सदस्यहरुमा कुमार तिमल्सिना र मोनिका खड्का चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता राधाकृष्ण मैनालीले बताए । नवनिर्वाचित समितिको ४ वर्ष सहकारीको नेतृत्व गर्नेछन् ।