February 19, 2025
मंसिर ९, २०८०

हेटौंडा \ हेटौंडा ४ स्थित श्रीमित्र मिलन बहुउद्देश्यीय सहकारी संस्थाले आव २०७९/८० मा ७ करोड २८ लाख २६ हजार ७४४ रुपैयाँको कारोबार गरेको छ । शनिबार हेटौंडामा संस्थाको २४ औँ वार्षिक साधारण सभा गर्दै संस्थाले गरेका आर्थिक विवरण सार्वजानिक गरेको हो ।

संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको सभाध्यक्षता तथा वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सहकारीले आफ्ना सदस्यलाई ६ करोड ८ लाख ६० हजार ३७७ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप एक करोड ८१ लाख ५९ हजार १५९ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक रामहरि खरेलले बताए । संस्थामा जगेडा कोषमा एक करोड ११ लाख ३४ हजार १४५ रुपैयाँ रहेको छ भने शेयरपुजीँ एक करोड ४३ लाख ७३ हजार सात सय रहेको व्यवस्थापक खरेलले बताए ।

सभाको अवसर पारेर सहकारीले विभिन्न विधामा सदस्य सम्मान तथा पुरस्कृत गरेको छ । सहकारीले जेष्ठ सदस्यतर्फ कृष्णप्रसाद नेपाल र मुहुर्त कुमार पाठक, असल बचतकर्तातर्फ धनलक्ष्मी श्रेष्ठ र विष्णुमाया राई, असल ऋणीतर्फ विष्णुप्रसाद कोइराला र मुना साह बनियालाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट विभिन्न तहका विद्यार्थीहरु सृष्टी महर्जन, अंशु शिवाकोटी, आयुषा शिवाकोटी, ईमिशा कार्की, प्रान्जल उपाध्याय, शिवराम मैनाली, सुशान्त पौडेल, अनु ब्लोनलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, युसेस साकोसका अध्यक्ष उत्तम शर्मा ढकाल, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नारायण प्रसाद खतिवडा, लेखा समिति संयोजक हरि प्रसाद रिजाल, संस्थापक अध्यक्ष विष्णु श्रेष्ठ, सल्लाहकार प्रदीप कोइराला, दिनेश कुमार खरेल लगायतको आतिथ्यता रहेको थियो ।