April 20, 2024
मंसिर ७, २०८०

काठमाडौं \  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२औं वार्षिक साधारण सभा आगामी पुस महिनाको ७ र ८ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।

२०८० मंसिर ७ गते काठमाडौंमा बसेको संघको सञ्चालक समितिको बैठकले आगामी साधारण सभा पुस ७ र ८ गते प्रज्ञा भवन कमलादी, काठमाडौंमा गर्ने निर्णय गरेको हो । यो वर्ष नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा हो ।

२०७६ सालमा सम्पन्न संघको २८औं वार्षिक साधारण सभाद्वारा निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको ४ वर्षे कार्यकाल यसै वर्ष सकिने भएकाले नयाँ समितिका लागि यो वर्ष निर्वाचन हुन लागेको हो ।