हेटौंडा \ हेटौंडा १६ मा रहेको हिमचुली कृषि सहकारी संस्थाको १७ औ साधारण सभा शनिवार भएको छ । हेटौडा उपमहानगर पालिकाका उप मेयर राजेश बानियाँको प्रमुख आतिथ्ता तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद पनेरुको सभाध्यक्षतामा सभा भएको हो ।
सभामा बोल्दै उपप्रमुख बानियाँले किसानहरुले मल लागी पाउदै आएको दुख अब हेटौडा उपमहानगरले चाडैनै सहजता गराउने छ केही कृषि सहकारीहरुको बदमासीका कारण किसानले सहजता नपाएकाले बदमाशी कृषि सहकारीहरुको अनुगमन गरि मलमा सहजता ल्याउने बताएका छन् ।
सभामा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, वडा सदस्य गुरु प्रसाद ढकाल,चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष महेश ढकाल लगायतले शुभकामना भनाई राखेका थिए ।
सभामा अध्यक्षको प्रतिवेदन सहकारीकाअध्यक्ष पनेरु प्रस्तुत गरेका थिए भने प्रगति प्रतिवेदन संस्थाका सचिव ठाकुर प्रसाद नेपाल प्रस्तुत गरेका थिए । संस्थाले आव २०७९÷८० मा ७४ लाख ७७ हजार कारोवार गरेको छ ।