
हेटौँडा \ हेटौडा उपमहानगरपालिको आयोजनामा उपमहानगर भित्र रहेका दुग्ध कारोवार गर्ने सहकारी संघसंस्था अन्तरगतका सदस्य संस्थाहरुको अध्यक्ष व्यवस्थापक हरुको सँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
विद्यमान समयमा दूग्ध क्षेत्रमा देखिएको समस्याको बारेमा उपमहानगरले दुग्ध सरोकार वालासँग अन्तरक्रिया गरेको हो । हेटौडा उपमहानगरपालिकाले किसानहरुको समस्यामा सरोकार वालाहरु सँग सहकार्य गरि उपमहानगर भित्र रहेको दुग्ध सहकारी संस्थाहरुलाई चाँडो भन्दा चाँडो समस्यालाई हल गर्दै जाने नगर उपप्रमुख राजेश बानियाँले प्रतिवद्दता गर्नु भएको छ ।
हेटौडा उपमहानगर पालिका उपमेयर राजेश बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा हटौडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाल, १७ नम्बर वडा अध्यक्ष उद्धव सत्याल, हेटौडा दूग्ध वितरक आयोजना प्रमुख नवीन शर्मा, हेटौडा उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख राज्यश्वरी शाही, सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव अधिकारी, जिल्ला दूग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कंडेल लगायतको उपस्थित रहेको थियो ।