May 19, 2024
कार्तिक १८, २०८०

हेटौंडा \ हेटौंडा १७ हटियामा रहेको हटिया बचत तथा ऋण सहकारी संस्थाको शनिबार भएको १६ औं वार्षिक सभाले रमेश कुमार रानाको अध्यक्षतामा नयाँ कार्यक्रम चयन भएको छ । रानाको नेतृत्वमा बनेको समितिको उपाध्यक्षमा सन्तोषि खड्का, सचिव चुडामणि रुपाखेती, सह सचिवमा धनराज प्रजा र कोषाध्यक्षमा कविता दर्लामीमगर चयन भएका हुन् ।

त्यस्तै, संस्थाको सदस्यहरुमा सीताराम परियार, अप्सरा अधिकारी, रमा खड्का र गोमा तिमल्सिना चयन भएका छन् । सभाले संस्थाको लेखा समिति संयोजकमा तोयानाथ दाहाल चयन भएका छन् भने सदस्यहरुमा भने सुशीला घलान र राजेन्द्र श्रेष्ठ चयन भएका हुन् ।

जेष्ठ सदस्य बाबुराम भण्डारीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रमेश कुमार रानाको सभाध्यक्षतामा सभा भएको थियो । सभामा संस्थापक अध्यक्ष कृष्णदेव भण्डारी, पुर्व अध्यक्ष ईश्वर बहादुर विष्टलाई सम्मान गरिनुका साथै जेष्ट शेयर सदस्य चीनिमाया बज्यूलाई सम्मान गरिएको थियो ।