December 3, 2023
अशोज ३०, २०८०

हेटौंडा \ मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको १० औं वार्षिक साधारण सभा मंगलबार हेटौंडामा भएको छ । संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा सभा भएको हो ।

सभामा संघलाई विभिन्न माध्यमबाट साथ सहयोग पु¥याउने १० जना संस्था र व्यक्तिलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा शिवम् सिमेण्ट, ऋद्धिसिद्धी सिमेण्ट, सर्वोत्तम सिमेण्ट, हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, ग्यासिका टेक्सटाईलका सञ्चालक बासु कार्की, किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, सर्वोत्तम संचिति साकोस, अर्डिटर रवीन्द्र सिग्देल र युनिटि भिलेजका सञ्चालक ज्ञानेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

एक लाख २५ हजार शेयरपुजीँ रहेको संघमा २६ लाख १० हजार ५०२ रुपैयाँ बचत रकम रहेको संघका व्यवस्थापक महेश अधिकारीले बताए । संघको एक लाख ९० हजार २५१ जगेडा कोषमा रकम रहेको छ भने स्थिरसम्पति ७६ हजार ५९२ रहेको व्यवस्थापक अधिकारीले बताए ।

May be an image of 5 people, dais and text

सभामा पुर्व जिसस प्रमुख रघुनाथ खुलाल, वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका पुर्व संचालक बद्री प्रसाद लम्साल, हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, वडा नम्बर ९का पुर्व अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, प्रदेश बचत संघका निवर्तमान उपाध्यक्ष राधा सिन्तान, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।