हेटौडा \ हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २५ औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।
जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरि चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल,समूहका निर्देशन समितिका संयोजक त्रिविक्रम मानन्धर, सदस्य राजेन्द्र प्रसाद चौलागाई, तेज प्रसाद भट्टराई, बचत समूहका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
५२ जना सदस्यहरु रहेको यस समूहले ४० लाख ५० हजारको कारोवार गरेको समूहले जनाएको छ ।