
हेटौडा \ हेटौडा १७ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
भेलामा अध्यक्ष कटुवालले संस्थागत प्रतिवेदन, ऋण उपसमितिका संयोजक धन बहादुर गौतमले ऋण समितिको प्रतिवेदन, लेखा संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन र ब्यवस्थापक रिता फुयाँलले आव. ०८०÷०८१ को लागि ३ करोड ३१ लाखको अनुमानित बजेट पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य मुक्तीनाथ गौतम, चन्द्रमाया दुलाल,बाल बचतकर्ता संकेत देवकोटा, उत्कृष्ट विद्यार्थी आर्दित तिमल्सिना, स्वीकृत घिमिरे, प्रश्ना सिग्देल र एकैदिन सदस्य बनने दम्पतीहरुलाई सम्मानित गरिएको थियो ।
साधारणसभामा हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गौतम, चुच्चेखोला सामुदायिक वनका पूर्व अध्यक्ष चेतनाथ चौलागाई, प्रगतिशिल महिला आपसी विकास संस्थाकी उपाध्यक्ष गायत्री घिमिरे, संस्थाका लेखा सदस्य रोशन घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।