हेटौंडा \ हेटौंडा १५ भोर्ले स्थित महिला जनशक्ति साकोसको अध्यक्षमा जुना दंगाल चयन भएकी छिन् । संस्थाको शनिबार भएको २३ औं वार्षिक सभा तथा नवौ अधिवेसनबाट दंगालको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा कमला कुमारी तामाङ, सचिवमा निर्मला घलान(भ्लोन) र कोषाध्यक्षमा मिनु विश्वकर्मा चयन भएकी छिन् । त्यस्तै सभाबाट सदस्यहरुमा सविता थापा, सरिता तुम्सिङ मगर, पदमी थापा, सुनमाया लो, कृपा अधिकारी चयन भएकी छिन् ।
सभाले संस्थाको लेखा समिति संयोजकमा मेनुका दाहाल चयन गरेको छ भने सदस्यहरुमा हीरा पुलामी मगर र पुजा श्रेष्ठ चयन भएको निर्वाचन उपसमिति संयोजक वीरेन्द्र प्रसाद ढुङ्गानाले बताए ।