हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन साकोसको अध्यक्षमा मीना थापा चयन भएकी छिन् । शनिबार भएको २३ औं वार्षिक सभा तथा १० औं अधिवेसनबाट थापाको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । थापा यस अघि संस्थाको उपाध्यक्ष थिइन् ।
संस्थाको उपाध्यक्षमा दीपा लामा, सचिवमा शर्मिला दोङ, कोषाध्यक्षमा रमा कुमारी रिसाल चयन भएकी छिन् । त्यस्तैm संस्थाको सदस्यहरुमा अस्मिता गीरि, एलिशा तामाङ, निशा मुक्तान, उमा लोप्चन र सकुन्तला विश्वकर्मा चयन भएकी छिन् ।
त्यस्तै, सभाले संस्थाको लेखा समिति संयोजकमा विष्णु माया लामा चयन गरेको छ भने सदस्यहरुमा सुजता तामाङ र हेमकला सुवेदी चयन भएको निर्वाचन उपसमितिका संयोजक कल्पना श्रेष्ठले बताईन् ।