हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष विष्णु माया लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
७१ करोड ४९ लाख ४९ हजार ६६२ रुपैयाँको आर्थिक कारोबारको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाले सभा गरेको हो । सदस्यलाई ५५ करोड ७६ लाख ५६ हजार १५९ रुपैयाँ कर्जा लगानी गरिएको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् । ७ करोड १ लाख ५ हजार सात सय शेयर पुजीँ रहेको संस्थामा ५१ करोड ९५ लाख ४० हजार ५३३ रुपैयाँ बचत निक्षेप रहेको मोक्तानले बताईन् । सहकारीमा ५ करोड ४१ लाख ९८ हजार ४४७ रुपैयाँ जगेडा कोष रहेको छ ।
सहकारीले सभाको अवसरमा जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सम्मान हुनेमा विष्णुमाया घलान, कुमारी रानामगर, देवीमाया मुक्तान, फूलमाया घलान, सरिता माया मुक्तान, सुकुमाया थिङ, कान्छीमाया थिङ, ठाइली दोङ, कान्छीमाया गोले, हीरामाया थिङ, ठुलीमाया तितुङ, प्लातीमाया थिङ, हरिमाया थिङ, सरस्वती देवी पौडेल, मायानी गोले, यममाया लोप्चन, विष्णुमाया थिङ, सानुमाया थिङ, ठुलीमाया मोक्तान र इन्द्रमाया दोङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, वडा १३ का सदस्य उत्तम गोम्जा, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, महिला सेवा साकोसका अध्यक्ष अचला शर्मा, जनचेतना साकोसका अध्यक्ष जानुका दवाडी, ग्रामीण महिला सेवा केन्द्रका कोषाध्यक्ष देवकी चौलागाई, संस्थाका तदर्थ समितिका अध्यक्ष राममाया घिसिङ, महेन्द्र माविका प्रअ विष्णु श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।