December 3, 2023
अशोज २७, २०८०

हेटौंडा \ हेटौंडा १४ कालोपानीमा रहेको भुटनदेवी महिला साकोसको अध्यक्षमा पुनः चमेली माया सिंजाली चयन भएकी छिन् । शनिबार भएको संस्थाको १८ औं वार्षिक सभा तथा छैठौं अधिवेसनबाट उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा शोभा न्यौपाने, सचिवमा सोबी लामा, कोषाध्यक्षमा धर्मकुमारी भ्लोन चयन भएकी छिन् । त्यस्तै, सदस्यहरुमा मंगली थोकर, उर्मिला पौडेल, विष्णुमाया घलान र मीना स्याङ्बो चयन भएकी छिन् ।

सभाले संस्थाको लेखा समिति संयोजकमा मीरा कुमारी आलेमगर चयन गरेको छ भने सदस्यहरुमा कविना सापकोटा र सम्झना थोकर चयन भएका छन् ।