हेटौंडा \ हेटौंडा १५ भोर्लेमा अवस्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा शनिबार भएको छ । वडा १५ का वडाध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष जुना दंगालको सभाध्यक्षतामा सभा भएको थियो ।
१२ करोड ६२ लाख ७९ हजार ६९२ रुपैयाँ बचत निक्षेप रहेको सहकारीले आफ्ना सदस्यलाई १३ करोड ३८ लाख ४० हजार ७०७ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् । २ करोड २३ लाख १७ हजार ६ सय शेयरपुजीँ रहेको संस्थामा १ करोड १४ लाख ६६ हजार ७९१ रुपैयाँ जगेडा कोषमा रहेको छ ।
सभामा हेटौंडा उपमहानरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कार्यपालिका सदस्य पातलीमाया गोम्बा,जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य कुमारी श्रेष्ठ, जनचेतना साकोसका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, ग्रामीण महिला सेवा केन्द्रका सदस्य पञ्चमाया स्याङ्तान, चुरेशिखर कृषि सहकारी संस्थाका अध्यक्ष गीतानाथ दुलाल, लेखा समिति संयोजक मेनुका दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
सभामा सहकारीले हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने सपना सुनार र सन्तोषी तिमल्सिनालाई पुरस्कृत गरिएको थियो ।