October 10, 2024
अशोज २७, २०८०

हेटौंडा \ हेटौंडा ९ पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर गुरुङको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सहकारीले सिमेण्ट, रड, ग्यासँ, कृषि मल, ईट्टाको कारोबार गर्नुका साथै बचत ऋणको पनि कारोबार गर्ने गर्दछ । सोही अनुरुप सहकारीले ३६ करोड ६० लाख ३१ हजार ८७८ रुपैयाँको कारोबार गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । हेटौंडा र मनहरी कार्यक्षेत्र रहेको सहकारीमा ६ करोड १८ लाख ८६ हजार ८ सय शेयरपुजीँ रहेको छ भने बचत निक्षेपमा २३ करोड ४४ लाख ४६ हजार, १०५ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक महेश अधिकारीले बताए ।

आफ्ना सदस्यलाई सहकारीले २३ करोड ५९ लाख ७३ हजार ३५३ रुपैयाँ कर्जा लगानी गरेको र संस्थाको जगेडा कोषमा २ करोड १८ लाख ७८ हजार ५६६ रुपैया रहेको व्यवस्थापक अधिकारीले बताए ।

May be an image of 9 people, dais and text

सभामा वडा नम्बर ९का वडा अध्यक्ष सुकराम केसी, राष्ट्रिय सहकारी महासंघका पुर्व सञ्चालक बद्री प्रसाद लम्साल, बचत संघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष राधा सिन्तान, जिल्ला सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष भोला प्रसाद शर्मा खरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य कृष्णप्रसाद चौलागाई, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश लामा, श्री मित्र मिलन बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष निर्जा खरेल, साइराम साकोसका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, उद्योग परिसंघ प्रदेश अध्यक्ष लेखराज पोखरेल, उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्मा, सर्वोत्तम संचिति साकोसका सचिव हरिमाया ढकाल, उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, शिवम् सिमेण्डका बिक्रम खतिवडा, संस्थाका पुर्व अध्यक्ष निरञ्जन ढकाल, सल्लाहकारहरु लक्ष्मण भण्डारी, विजेन्द्र अग्रवाल, प्रकाश पौडेल, कुमार पौडेल लगायतको आतिथ्यता रहेको थियो ।