मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वती फुँयाल चयन भएकी छिन् । संस्थाको शुक्रबार भएको २५ औं वार्षिक साधारण सभाबाट फुँयालको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
संस्थाको उपाध्यक्ष सुशीला फुँयाल, सचिवमा सरिता ढुङ्गाना, कोषाध्यक्ष सरिता चौलागाई चयन भएका छन् । त्यस्तै, संस्थाको कार्यसमिति सदस्यहरुमा भगवती तिमल्सिना, चन्द्रमाया थिङ, राजकुमारी थिङ, चित्रा रेग्मी, मनमाया तिमल्सिना चयन भएका छन् ।
सभाले संस्थाको लेखा समितिको संयोजकमा सुलेचना स्याङ्तान चयन भएकी छिन् भने सदस्यहरुमा देवकी चौलागाई र सामना देवकोटा चयन भएको निर्वाचन समितिका संयोजक कल्पना श्रेष्ठले बताईन् ।