हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको सोमबार भएको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेसनबाट सोममाया मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । मोक्तान यस अघि संस्थाको सचिव थिइन् ।
मोक्तानको अध्यक्षतामा ४ वर्षका लागि नयाँ समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा कमला सचिवमा लक्ष्मी ढुङ्गेल कोषाध्यक्षमा अनिषा पोखरेल चयन भएकी छिन् । त्यस्तै, संस्थाको कार्यसमिति सदस्यहरुमा भने चित्रकुमारी थिङ, अनिता रिमाल, हरिमाया बल, रीता नेपाल र लीला विक चयन भएकी छिन् ।
यसैगरी संस्थाको लेखा समितिको संयोजकमा अञ्जली भोम्जन चयन भएकी छिन् । लेखा समितिको सदस्यमा भने अनिता कोईराला र ज्योति थापा चयन भएको निर्वाचन समिति संयोजक कल्पना श्रेष्ठले बताईन् ।