हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेसन सोमबार भएको छ । संस्थाका अध्यक्ष कमला केसीको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले विभिन्न विधामा सदस्यलाई सम्मान गरेको छ । असल ऋणीतर्फ मिलिजुली महिला समूहका मञ्जु थिङ, वरपिपल महिला समूहका लक्ष्मीदेवी पाख्रीन, नियमित बचततर्फ मितेरी महिला समूहका गीता नेपाल, बीचरोड महिला समूहका बिनु थोकरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, जेष्ठ सदस्य तर्फ शान्ता बस्नेत, वीरमाया घलान, असल समूहतर्फ डाँफे महिला समूह, सक्षम महिला समूहलाई सम्मान गरिएको थियो । त्यस्तै, खुत्रुके बचततर्फ आरभ मग्रती शुभलाभ, असीम नगरकोटीलाई पुरस्कृत गरेको थियो ।
७९ लाख १६ हजार २ सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना सदस्यलाई ४ करोड ९८ लाख ६२ हजार ९८६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक अम्बिका न्यौपानेले बताईन् । ४ करोड २३ लाख ३० हजार १० रुपैयाँ बचत निक्षेप र जगेडा कोषमा भने ५५ लाख ७९ हजार ५७३ रकम रहेको व्यवस्थापक न्यौपानेले बताईन् ।
सभामा वडा १२ का कार्यबहाक वडाध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड इन्चार्ज ज्योति महत, महिला मिलन साकोसका अध्यक्ष विष्णुमाया लामा, भुटनदेवी साकोसका अध्यक्ष चमेली माया सिंजाली मगर, महिला सेवा साकोसका कोषाध्यक्ष शर्मिला अधिकारी, मञ्जुश्री साकोसका उपाध्यक्ष बसन्ती थिङ, बुद्ध माविका प्रअ किसन थापा, गुप्तेश्वरी कृषि सहकारी संस्थाका सचिव देवमाया सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।