September 7, 2024
अशोज २०, २०८०

हेटौंडा \ हेटौंडा १४ बदेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसन बाट पुनः चन्द्रा देवी तामाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ ।

संस्थाको अध्यक्षमा चन्द्र देवी तामाङ, उपाध्यक्षमा बसन्ती थिङ, सचिवमा श्रीराम गोले तामाङ, कोषाध्यक्षमा विमला लामिछाने चयन भएका छन् ।

यसैगरी संस्थाको सदस्यहरुमा कमला थिङ, पविता भण्डारी, विमला भोम्जन, दुर्गा गोले, सुजीता लामा रिमाल चयन भएका छन् ।

सभाले लेखा समितिको संयोजकमा श्रीमाया थिङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चमेली लामा र सावित्री धिमाल चयन भएको निर्वाचन समितिका संयोजक वीरेन्द्र प्रसाद ढुङ्गानाले बताए । तामाङको नेतृत्वमा बनेको समितिले ४ वर्ष संस्थाको नेतृत्व गर्ने छन् ।