हेटौंडा \ हेटौंडा १२ पान्तलेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा १० औं अधिवेसन शनिबार भएको सभाबाट अचला शर्माको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ ।
संस्थाको अध्यक्षमा अचला शर्मा, उपाध्यक्षमा रुक्मिनी गोङ्बा, सचिवमा कल्पना रुम्बा, कोषाध्यक्षमा शर्मिला अधिकारी चयन भएका छन् ।
यसैगरी संस्थाको सदस्यहरुमा शान्ति सुवेदी, बाल कुमारी थामी, भवानी चौलागाई, कल्पना घलान र मन्दिरा दुलाल परियार चयन भएका छन् ।
सभाले लेखा समितिको संयोजकमा गीता कुमारी न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सीमा बल र गीता परियार चयन भएको निर्वाचन समितिका संयोजक कल्पना श्रेष्ठले बताइन् । शर्माको नेतृत्वमा बनेको समितिले ४ वर्ष संस्थाको नेतृत्व गर्ने छन् ।