हेटौंडा \ ३३ औं अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

सहकारी संस्थाको भवनमा आयोजना गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा संस्थामा आवद्ध ४० जना ज्येष्ठ शेयर सदस्यहरुलाई बुढेसकालको सहारा लौरो र रामनामी ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्ण प्रसाद नेपालले संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गरे ।

संस्थाले ज्येष्ठ सदस्यप्रति गरेको यो माया, सम्मान, आदरले हामीलाई अझ धेरै बाँच्ने प्रेरणा दिएको अर्का ज्येष्ठ सदस्य फत्त बहादुर पाठकले बताए ।

May be an image of 9 people and text

कार्यक्रममा बागमती प्रदेश ज्येष्ठ नागरिक मञ्चका उपाध्यक्ष बुद्धिप्रसाद पौडेल, मकवानपुर अध्यक्ष हरिप्रसाद सिग्देलले ज्येष्ठ सदस्यसँग मनका कुरा विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा वडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, संस्थाका पदाधिकारी, सल्लाहकार, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

२०५३ सालमा स्थापित यो सहकारी मकवानपुरको उत्कृष्ठ सहकारी हो । हाल यस संस्थामा २ हजार ८ सय १४ जना शेयर सदस्यहरु आवद्ध रहेको व्यवस्थापक दीपेन्द्र गौतमले बताए ।