April 13, 2024
अशोज १४, २०८०

हेटौंडा \ हेटौंडा ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जानकी चौधरी चयन भएकी छिन् । शनिबार भएको २२ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेसनबाट चौधरीको नेतृत्वमा नयाँ समिति चयन गरिएको थियो ।

संस्थाको उपाध्यक्षमा यम बहादुर श्रेष्ठ, सचिवमा विनोद कुमार पुडासैनी, सहसचिवमा पदम बहादुर बजगाई, कोषाध्यक्षमा शशिकर पाण्डे, सह कोषाध्यक्षमा ईशवरी चालिसे पोखरेल चयन भएका छन् । सचिव पद बाहेक सबै पदाधिकारीहरुमा सर्वसम्मत चयन गरिएको थियो ।

सचिवमा भने जानुका संजेल दाहाल र विनोद कुमार पुडासैनीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । पुडासैनीले ७६६ मत प्राप्त गर्दा दाहालले ३५९ मत प्राप्त गरेकी थिइन् ।

संस्थाका सदस्यहरुमा देवी बहादुर बुढाथोकी, संजीव श्रेष्ठ, खोमराम श्रेष्ठ, अन्जना नेपाल, रीता दवाडी ठकुरी, रामकुमार विष्ट, गोपाल कार्की, सरस्वती दाहाल चयन भएका छन् ।

त्यस्तै संस्थाको लेखा समितिको संयोजकमा राजुकुमार प्रधान र सदस्यहरुमा केशव श्रेष्ठ र सन्तोष पौडेल चयन गरिएको छ ।