हेटौंडा \ हेटौडा–६ हात्तीलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष शिव प्रसाद सञ्जेलको अध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा अध्यक्ष सञ्जेलले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक गणेश कुमार तिमल्सिनाले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक नवराज गौतमले लेखापरिक्षण प्रतिवेदन पेश गरेका थिए ।
भेलामा असली कारोवारीमा मनोरथ न्यौपाने, बढी सामान खरीद गर्ने प्रेमप्रसाद सापकोटा, विष्णु प्रसाद सापकोटा, क्षेत्रमाया भण्डारी, गुणस्तरीय दूध विक्री गर्ने डोल प्रसाद खतिवडा, झलक प्रसाद खतिवडा, ज्येष्ठ शेयर सदस्य घनप्रसाद सापकोटा, नन्दकुमारी चौलागाई, दुन कुमारी ढुङगाना, लोककुमारी खतिवडालाई पुरस्कृत गरिएको थियो ।
यसैगरि एकल महिला खडादेवी चौलागाई, चोममाया दंगाल, गोपिनी दंगाल, पार्वती मिश्र, प्रेमकुमारी राई, शिवकुमारी खतिवडा र बढी दूध विक्री गर्ने विष्णुप्रसाद सापकोटा, हरिप्रसाद फुयाल र धन बहादुर भोम्जनलाई समेत पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य सरिता सापकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक ईन्द्रप्रसाद खतिवडा, व्यवस्थापक कुमारमणी दहाल, संस्थाकी उपाध्यक्ष रजनी गौतम, सचिव कृष्ण प्रसाद दुलाल लगायतको आतिथ्यता रहेको थियो ।