January 13, 2025
अशोज १३, २०८०

हेटौंडा \ हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिृक साधारणसभा शनिवार सम्पन्न् भएको छ । साधारणसभाको पञ्चकन्याहरुद्वारा पानसमा बत्ती बालेर उदघााट्न गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले प्रगति प्रतिवेदन,सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवदन, कोषाध्यक्ष सुभद्रा कोईरालाले आर्थिक प्रतिवेदन र लेखा संयोजक सुवोध कुमार भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

सभामा असल बचतकर्ता सुशिला धिताल, कल्पना लामा, गोविन्द प्रसाद ढकाल, असली कारोवारी यम बहादुर कार्की, सुमित्रा लो, निर्मला राना अधिक कारोवार गर्ने कृष्ण गोपाल महर्जन र उत्कृष्ट कर्मचारीमा सन्ध्या राजभण्डारीलाई पुरस्कृत गरिएको थियो ।

साधारण सभामा शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति,ऋण उपसमिति, सल्लाहकार, कर्मचारी लगायतको सहभागिता थियो ।
शेयर पूजी २ करोड ८१ लाख निक्षेप २६ करोड ७० लाख र ऋण लगानी २६ करोड ५७ लाख रहेको ब्यवसथापक राजेन्द्र धितालले बताए ।
संस्थामा २ हजार ५ सय ७५ जना शेयर सदस्यहरु रहेका छन ।