मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न विधामा किसानलाई पुरस्कृत गरेको छ । दुध संकलन तथा बिक्रीको कार्य गर्दै आइरहेको सहकारीले शुक्रबार २६ औं वार्षिक साधारण सभाको अवसरमा पुरस्कृत गरेको हो ।
सहकारीले पाँच हजार लिटर भन्दा बढी दुध बिक्री गर्ने लक्ष्मण दहाल, यट बहादुर बस्नेत, प्रेम प्रसाद दुलाल(ख), नारायण प्रसाद न्यौपाने, शंकरनाथ अधिकारी, मान बहादुर बस्नेत, सावित्री दहाल र अशोक स्याङ्तानलाई जनही नगद पाँच हजारको दरले पुरस्कृत गरिएको थियो ।
त्यस्तै, नियमित दुध बिक्री गर्ने प्रेम प्रसाद दुलाल(क) र सुर्य बहादुर अधिकारी, सरसफाई दुध बिक्रि गर्ने पदम बहादुर थापा र गोमा मोक्तान, भैसीको गुणस्तर दुध बिक्री गर्ने उत्तम बहादुर अधिकारीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै नियमित बचत गर्ने शिव कुमारी अधिकारी, असल ऋणी दल बहादुर विक र नियमित दुध खरिद गर्ने सरिता दुलाललाई समेत पुरस्कृत गरिएको थियो । सभाकै अवसरमा संस्थाका पूर्व अध्यक्ष दीर्घ बहादुर थापा र हरिमाया अधिकारीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष हिरामणि दहालको सभाध्यक्षतामा भएको सभामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । सभामा संस्थाका अध्यक्ष दहालले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुका साथै आगामी वार्षिक कार्य योजना प्रस्तुत गरेका थिए । संस्थाका व्यवस्थापक राजन घिमिरेले संस्थाको चालु आवको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सभामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, तीलगंगा बहुउद्देश्यीय सहकारीका अध्यक्ष रादिका छत्कुली, जिल्ला दुग्ध संघका सदस्य सरिता तिमल्सिना, जिल्ला सहकारीका संघका प्रतिनिधि राजकुमार केसी, बुङ्दल सामूदायिक वनका अध्यक्ष भीम बहादुर अधिकारी, जनहित स्वावलम्बन साकोसका उपाध्यक्ष खडानन्द न्यौपाने, थाकलडाँडा सामूदायिक वनका अध्यक्ष इन्द्र बहादुर बस्नेत, संस्थाका पूर्व अध्यक्ष दीर्घ बहादुर थापा, लीलानाथ अधिकारी, देवकुमारी विष्ट, संस्थाका सल्लाहकार यज्ञ प्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
एक लाख ५६ हजार पाँच सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप भने २२ लाख ८४ हजार ४०८ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । उनका अनुसार संस्थाले २८ लाख ४६ हजार ७०४ रुपैयाँ कर्जा लगानी रहेको बताए । दुध संकलन, बिक्री गर्नुका साथै बचत र ऋणको समेत कारोबार गर्दै आइरहेको सहकारीले एक करोड ९४ लाखको कारोबार गरेको व्यवस्थापक घिमिरेले बताए ।