January 13, 2025
अशोज १२, २०८०

इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको हो ।

सहकारीका शिक्षा उपसमिति सदस्य रामकृष्ण बलामीको अध्यक्षता तथा संस्थाका अध्यक्ष धनराज महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । महाचुनी उच्च माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम गरिएको संस्थाका व्यवस्थापक सरोज थापाले बताए ।

May be an image of 4 people, people studying, table and text

कार्यक्रमलाई व्यवस्थापक थापाले नै सहजीकरण गरेका थिए । ११ १२ पढ्ने विद्यार्थीलाई सहकारी र सहकारी सँग जोडिएका विषय र वित्तीय सम्बन्धी ज्ञान प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा विद्यार्थी, विद्यालयका शिक्षकशिक्षिका, संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।