हेटौंडा \ हेटौंडा २ संगकचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरूसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत अन्तरक्रिया गरिएको हो ।
संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई संस्थाका सचिव सीताराम दाहालले जेष्ठ सदस्यको हक अधिकार सँगै जीवन जिउने सहज आधारका विषयमा सहकारी भन्ने विषयमा सहजिकरण गरेका थिए ।
संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले सहकारीको संक्षिप्त परिचय सँगै कार्यक्रमको अौचित्य प्रष्ट पारेकी थिइन् । कार्यक्रममा ब्रह्म कुमारी राजयोग सेवा केन्द्रबाट आमन्त्रित प्रशिक्षक विजयराज सिग्देल र विष्णु दिदीले तनाव व्यवस्थापन सँगै जीवन जिउने कला, आनन्दित जीवन कसरी बनाउने भन्ने विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा ६१ जना जेष्ठ सदस्यको सहभागिता रहेको थियो । ७५ वर्षभन्दा माथीको सदस्यलाइ लौरो समेत वितरण गरिएको संस्थाका व्यवस्थापक सापकोटाले बताइन् ।