April 20, 2024
अशोज ७, २०८०

मकवानपुरगढी \ मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको ११ औं वार्षिक सभा तथा चौथो अधिवेसन आइतबार सम्पन्न भएको छ । भाद्र २० गतेदेखी वडागत रुपमा सभा गर्दै आइतबार मुल सभा गरेर वार्षिक साधारण सभा भएको हो ।

सभाले नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । संस्थाको अध्यक्षमा पुनः ४ वर्षे कार्यकालको लागि निर्मला कुमारी लम्सालको नेतृत्वमा नयाँ समिति चयन भएको छ । लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रीता योञ्जन र सदस्यहरुमा सुजाता आले, आईतीमाया वाईवा, सुकुन्तला गीरि, सरिता नेगी, भुवनकुमारी तिमल्सिना, कुमारी गोङवा र संगीता कुमारी लुङवा चयन भएका छन् ।

यसैगरि संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा राधिका सापकोटा, सदस्यहरुमा रेनुुका पूर्वाछाने मगर र विमला सापकोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एंव गाउँपालिका सहकारी शाखा प्रमुख सुर्य बहादुर गुरुङले बताए ।