मकवानपुरगढी \ मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको ११ औं वार्षिक सभा आइतबार सम्पन्न भएको छ । भाद्र २० गतेदेखी वडागत रुपमा सभा गर्दै आइतबार मुल सभा गरेर वार्षिक साधारण सभा भएको हो ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालको सभाध्यक्षतामा सभा भएको थियो । सभाको अवसर पारेर गाई ब्लक विकास कार्यक्रमलाई साथ सहयोग गर्नुहुने पुर्व गाउँपालिका अध्यक्ष विदुर हुमागाई र वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै,बाल बचततर्फ सजल लम्साल, बृद्ध बचततर्फ खेमकुमारी लम्साल, पेवा बचत तर्फ हरिमाया स्याङ्तान र यदुनाथ रेग्मीलाई पुरस्कृत गरिएको थियो । सभामा असल ऋणीतर्फ रीता सापकोटा, राधिका हुमागाई, फूलमाया न्यासुर, पार्वती स्याङ्तानलाई पुरस्कृत गरिएको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यलाई बीस करोड ६३ लाख ३८ हजार ८१३ रुपैयाँ लगानी रहिरहेको रकम रहेको संस्थाका प्रबन्धक गीता लम्सालले बताइन् । साविक मकवानपुरगढी गाविस कार्यक्षेत्र रहेको सहकारीमा एक हजार ५६० जना सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयरपुँजी एक करोड ४६ लाख ७२ हजार तीन सय रहेको छ भने बचत निक्षेप ७ करोड ३८ लाख ८३ हजार १३५ रुपैयाँ रहेको प्रवन्धक लम्सालले बताइन् ।
सभामा संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक राधिका सापकोटाले लेखा समितिको प्रतिवेदन र प्रवन्धक गीता लम्सालले आव. ०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०÷०८१ को लागि २२ करोड ६७ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
सभामा गाउँपालिकाका पुर्व अध्यक्ष विदुर हुमागाई, वडा ३ का वडाध्यक्ष भागवत घिमिरे, २ का अध्यक्ष बखान सिं पाख्रीन, ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, सिर्जनशील समाज साकोसका अध्यक्ष कृष्ण बहादुर विडारी, मनकामना दुग्ध उत्पादन सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, धमिले कृषि सहकारीका अध्यक्ष नवराज सञ्जेल, स्वरोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, हिमाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानकी दाहाल, रानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, चुच्चेखोला सामूदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष उमेश अधिकारी, संस्थाका सल्लाहकार बलराम हुमागाई, गाउँपालिका सहकारी शाखाका सुर्य बहादुर गुरुङ, पशुशाखाका प्रमुख सत्यनारायण साह, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, मनकाना दुग्ध सहकारीका व्यवस्थापक शशी लम्साललगायतको आतिथ्यता रहेको थियो ।