हेटौंडा \ हेटौंडा २ देवीपथमा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभाले पुनः मिठ्ठाराम दाहालकै अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार भएको सभाले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । अघिकांश समिति पुनः सोही पदमा रहनुभएको छ भने केही नयाँ शेयर सदस्य सदस्य पदमा चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा प्रदेश सभा सदस्य समेत रहेका एकालाल श्रेष्ठ, सचिवमा रामजी सापकोटा, कोषाध्यक्षमा केशवप्रसाद देवकोटा चयन भएका छन् । संस्थाको सदस्यहरुमा भने कृष्णप्रसाद दाहाल, शिवराज पराजुली, रमेश प्रसाद घिमिरे, सरिता शर्मा, कमलादेवी दहाल, नारायण प्रसाद ढकाल, अर्जुन कुमार खड्का, बलराम दुलाल र शिवहरि दहाल चयन भएका छन् ।

संस्थाको लेखा समिति संयोजकमा तेजप्रसाद रुपाखेती र सदस्यहरुमा प्रकाश अधिकारी र गीता सुवेदी चयन भएका छन् । सबै पदमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।