मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई आव २०७९÷०८० मा १२ करोड ८६ लाख २० हजार ४१६ रुपैयाँ कर्जा लगानी गरेको छ । शनिबार संस्थाको २५ औं वार्षिक साधारण सभा गर्दै वार्षिक प्रगति विवरणका साथै वित्तीय विवरणहरु प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको थियो । सहकारीले उत्कृष्ट बचतकर्तातर्फ विष्णु कुमारी थिङ मुक्तान, गोविन्द प्रसाद ढुङ्गाना, सुशीला भुजेल र कुमार गीरि, उत्कृष्ट ऋणीतर्फ मीना ठकुरी, अमर बहादुर गुरुङ। मीना गौतम, सुर्जेमान रुम्बालाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बाल बचतकर्ता निसान धिमाल, क्रृश केसी, सुप्रिया खतिवडालाई सम्मान गरिनुका साथै बन्दसत्रमा सहकारीलाई उपयुक्त सुझाव दिनेलाई पनि बेसार उपहार प्रदान गरिएको थियो ।

No description available.

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, वडा ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड ईन्चार्ज ज्योति महत, श्रृजनशील समाज साकोसका अध्यक्ष कृष्ण बहादुर विडारी, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, हिमाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल, टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष शत्रुधन दुलाल, भानु माविका प्रअ राजेन्द्र थापालगायतको आतिथ्यता रहेको थियो ।

दुई करोड दुई लाख ६ हजार पाँच सय शेयरपुजीँ रहेको र १५ करोड ४ लाख ७८ हजार २७० रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक मेनुका दाहालले बताईन् । १९ करोड ४४ लाख एक हजार ९५ रुपैयाँको कारोबारको वासलत रहेको सहकारीले सदस्यलाई १२ करोड ८६ लाख २० हजार ४१६ कर्जा लगानी गरेको छ । तीन हजार ७१८ सदस्य रहेको संस्थामा ९८ लाख ४२ हजार ८०३ रुपैयाँ जगेडा कोष रहेको व्यवस्थापक दाहालले बताईन् । सहकारीले मुख्य कार्यालय मक्रान्चुली र सेवा केन्द्र हेटौंडा १६ बाट सेवा प्रदान गर्दै आइरहेको छ ।