हेटौंडा \ हेटौंडा २ सङ्गमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आव ०७९र०८० मा ६५ करोड ४७ लाख ९० हजार ३३४ रुपैयाँको कारोबार गरेको छ । शनिबार १७ औं वार्षिक साधारणसभा गर्दै उक्त कारोबारको वित्तीय विवरण प्रस्तुत गरिएको हो । संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा सहकारीले विभिन्न विधामा शेयर सदस्य सम्मान गरेको थियो । सहकारीले जेष्ठ शेयर सदस्यतर्फ दीलानाथ नेपाल र भक्त कुमारी खड्कालाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, नियमित बचत तर्फ कल्पना देवी दाहाल र गोविन्द बहादुर थापा, असल ऋणितर्फ भेष बहादुर घले र वसन्त बहादुर दर्लामीलाइ सम्मान गरिएको थियो ।

सभामा संस्थामा धेरै सदस्य सिफारिस गर्ने दीपेन्द्र यादव र उत्कृष्ट कर्मचारी तर्फ जुनियर कार्यालय सहायक विजय दोङलाइ सम्मान गरिएको थियो । कार्यक्रममा एसईइ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक र संस्थागत विद्यालयका १र१ छात्रछात्रालाई र १२ कक्षामा उत्कृष्ट अङ्क ल्याउने १/१ छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।

No description available.

६ करोड २८ लाख ५९ हजार पाँच सय शेयर पुजी रहेको सहकारीले ४३ करोड ७५ लाख २३ हजार ५९ रुपैयाँ बचत निक्षेप रहेको छ । सहकारीले शेयर सदस्यलाई ५२ करोड १५ लाख ९३ हजार ६२१ रकम कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताईन् । उनका अनुसार संस्थामा संस्थागत पुजी ३ करोड ४९ लाख ४३ हजार रहेको र २ हजार ५६१ शेयर सदस्य रहेको बताइन् ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, संस्थाका पुर्व अध्यक्ष नुर प्रसाद गौतम, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुर उपसमिति सदस्य राजेन्द्र प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडा प्रमुख रामेश्वर अर्याल, सल्लाहकार डा।गणेश लामा, नमुना प्रगति साकोसका अध्यक्ष मिठ्ठाराम दाहाल, नेफ्स्कुन फिल्ड ईन्चार्ज ज्योति महत, संस्थाका लेखा समिति संयोजक रविन्द्र प्रसाद सिग्देललगायतको आतिथ्यता रहेको थियो ।