हेटौंडा \ हेटौंडा १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण संस्थाको शुक्रबार विस्तारित मञ्च तथा तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । संस्थाका अध्यक्ष जुना दंगालको सभाध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मोक्तानको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक माया तामाङले संस्थाको असार मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गरेकी थिइन् । सहकारीले आफ्ना शेयर सदस्यलाई १३ करोड ३८ लाख ४० हजार ७०७ रुपैयाँ कर्जा लगानी गरेको छ भने १२ करोड ६२ लाख ७९ हजार ६९२ रुपैयाँ बचत निक्षेप रहेको छ । २ करोड २३ लाख १७ हजार ६ सय शेयर पुजीँ रहेको संस्थामा दुई हजार ६६१ जना शेयर सदस्य रहेको व्यवस्थापक तामाङले बताइन् ।

No description available.

सहकारीले २० वटा नीति र १४ वटा कार्यविधि बनाएर शेयर सदस्यलाई सेवा प्रवाह गरिरहेको संस्थाका अध्यक्ष जुना दंगालले बताइन् । उनले वार्षिक कार्यक्रम अन्तरगत विस्तारित मञ्च तथा तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको बताएकी हुन् ।

कार्यक्रममा करिब ५५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष एंव संस्थाका लेखा समिति संयोजक मेनुका दाहाल, वडा सदस्य मिनु विश्वकर्मा लगातयको आतिथ्यता रहेको थियो ।