February 24, 2024
भदौ २२, २०८०

हेटौंडा \ हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित ११ जनाले रक्तदान गरेका छन ।

संस्थाको २८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा सदस्य विजय पौडेल, सञ्चारकर्मी भीमसेन पौडेल, सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, कर्मचारी लगायतको सहभागिता थियो । संस्था २०५३ साल भदौं २४ गतेका दिन स्थापना भएको हो । संस्थामा हाल करिव २ हजार ८ सय शेयर सदस्यहरु रहेका छन ।